logo
२०८१ मंसिर १२ बुधवार



महिलाको अधिकारको रक्षा गर्न राप्रपा प्रतिबद्ध छ – अध्यक्ष थापा

राजनीति |


महिलाको अधिकारको रक्षा गर्न राप्रपा प्रतिबद्ध छ – अध्यक्ष थापा


काठमाडौं, फागुन २४ गते। राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ। राप्रपाको महिला संघले मंगलबार गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।

अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एकजना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताउनुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संघ, नेपालको अध्यक्षमा सुनीता कुरुम्वाङ चयन हुनुभएको छ। अध्यक्ष थापाले बधाई दिँदै सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश विकास सम्भव रहेको बताउनुभयो।

संगठनको १०१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भएको छ। नवगठित समितिको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, वीणा शाक्य, धेचिन गुरुङ, विना राणा, मनमिरा श्रेष्ठ, प्रभा के.सी. र अम्बिका खतिवडा, महासचिवमा सुशीला गिरी, प्रवक्तामा सस्मिता सुवेदी, सचिवमा सरला वि.क., करुणा शाही, शकुन्तला माझी तथा सहायक कोषाध्यक्षमा उर्मिला राउत विष्ट रहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?