logo
२०८१ मंसिर ९ आईतवार



गठबन्धन दलहरु बीचमा विश्वास कायम छ : माधव नेपाल

राजनीति |


गठबन्धन दलहरु बीचमा विश्वास कायम छ : माधव नेपाल


काठमाडौं, फागुन २५ गते । नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन दलहरु बीचमा विश्वास कायम रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरु बीचको विश्वास तोड्नलाई षड्यन्त्र भएको बताउनुभयो ।

एमसीसीकाे विराेधमा लागेकाप्रति सङ्केत गर्दै उहाँले भन्नुभयाे, ‘एमसीसीका बारेमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टीकरण साेध्नुपर्ने नहोस् । ती कुराहरु आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।’ 
उहाँले एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भएकाे बताउनुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?