logo
२०८१ बैशाख १४ शुक्रवार



काँग्रेस धनुषा सभापतिका लागि पुनः मतदान हुने

राजनीति |


काँग्रेस धनुषा सभापतिका लागि पुनः मतदान हुने


विजयकुमार साह
ढल्केवर, फागुन २५ गते । नेपाली काँग्रेस धनुषाको सोमबार भएको मतदानमा सभापति पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको छ ।

काँग्रेसको विधानअनुसार उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरण प्रमुख दुई जना उम्मेदवारबीच पुनः मतदान हुने व्यवस्था छ । सभापति पदका लागि मतगणना मंगलबार अबेर राति सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाले सभापति पदका लागि पुनः मतदान हुने बताउनुभयो । उहाँले मत परिणामअनुसार पहिलो र दोस्रो स्थानका प्रतिस्पर्धीबीच मतदान हुने भन्नुभयो ।

जिल्लामा तीन हजार १७३ मतदातामध्ये दुई हजार ९१२ मत खसेको थियो । पहिलो चरणको कुल मतपरिणामअनुसार सभापतिका उम्मेदवार योगन्द्र पजियार एक हजार २४८, सन्तोष यादव ८८२ र दिनेश प्रसैला ६३० मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन अधिकृत ज्ञवालीकाअनुसार पहिलो योगेन्द्र पजियार र दोस्रो सन्तोष यादवबीच दोस्रो चरणको निर्वाचन फागुन २६ गते बिहान ८ बजेदेखि हुनेछ ।

काँंग्रेस धनुषाको नेतृत्वका लागि सोमबार अबेर राति सम्पन्न मतदानको मतगणना मंगलावर दिउँसो २ बजे राति १२ सम्पन्न भएको थियो ।

धनुषाको काँग्रेसको जिल्ला अधिवेशनमा तीन हजार १७३ कूल मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा दुई हजार ९१२ जनाले मतदात गर्नुभएको थियो । मतदातनमा २६१ जना मतदाताले उपस्थिति जनाउनु भएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?