काठमाडौं, फागुन २७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय किमिटीको बैठक चैत ९ र १० गते बस्ने भएकाे छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।
पछिल्लो समय देशका प्रमुख लगायतका सबै दलहरु स्थानीय तहको चुनाव केन्द्रित छन् । आगामी चुनावमा सत्ता गठबन्धन सँगसँगै जानुपर्नेमा गठबन्धनका दलले बताउँदै आएका छन् ।
एमालेले भने चुनावमा एक्लै लड्ने जनाउँदै आएको छ । राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो ।