logo
२०८२ जेष्ठ २७ सोमवार



सप्तरी काँग्रेसमा रामदेव साह विजयी

राजनीति |


सप्तरी काँग्रेसमा  रामदेव साह विजयी


देवरामप्रसाद यादव
सप्तरी फागुन २७ गते । नेपाली काँग्रेस सप्तरीको सभापतिमा  रामदेव साह निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्दी देउवा पक्षका शत्रुधनप्रसाद यादवलाई १०९ मतान्तरले पराजित गर्दै साह विजयी हुनुभएको हो ।

नेतृत्व चयनको लागि मङ्गलबार सम्पन्न निर्वाचनको मतगणना अनुसार साहले एक हजार १८६ मत प्राप्त गर्नुभएको छ भने यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको छ ।

बिहीबार बिहान सुरु भएको मतगणना अनुसार  सभापति पदका उम्मेदवार रामदेव साहले निकटतम प्रतिद्वन्दी यादवलाई १०९ मतले पछि पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृत डा. रुद्र शर्माले जानकारी दिनुभयो ।काँग्रेस सप्तरीमा दुई हजार ५३५ मतदाता छन् । जसमध्ये दुई हजार ३४२ जनाले मतदान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?