काठमाडौं, फागुन २९ गते । कमल थापा नेतृत्वको राप्रपा नेपालमा सुनसरी, रुपन्देही र धादिङमा जिल्ला अध्यक्ष चयन गरिएको राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाई, रुपन्देहीमा अधिवक्ता प्रदीप शेरचन र धादिङमा नोरमान तामाङलाई जिल्ला अध्यक्ष चयन गरिएको हो ।
धादिङमा लोकतान्त्रिक समाजवादी पार्टीको सिंगो जिल्ला समिति राप्रपा नेपालमा समाहित भएपछि लोसपा परित्याग गर्नुभएका तामाङलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको छ । राप्रपा नेपालको सुनसरीमा ३७ सदस्यीय, रुपन्देहीमा ३५ सदस्यीय जिल्ला समिति गठन भएको हो ।
यस्तै, जनवर्गीय संगठनहरुमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्व क्रमशस् कैलाश कटुवाल र बम रजवार, सुनिता कुरुङ्वाङ् र नगेन्द्र देउजाले प्राप्त गर्नुभएको उहाँको भनाइ छ ।
केही दिनभित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रीय समिति घोषणाा गर्ने तयारी पनि रहेको राप्रपा नेपालले बताएको छ ।