logo
२०८१ मंसिर ८ शनिवार



प्रेस युनियनको नवौं महाधिवेशन जेठ १३ र १४ गते

राजनीति |


प्रेस युनियनको नवौं महाधिवेशन जेठ १३ र १४ गते


काठमाडौं, फागुन २९ गते। प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशन जेठमा हुने भएको छ। आइतबार बसेको युनियनको केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले जेठ १३ र १४ गते नवौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा गर्ने निर्णय गरेको हो।

महाधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत गठन गरेको कार्यबाहक महासचिव भीष्मराज ओझाले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो।

महाधिवेशनको मिति र स्थान तय भएसँगै सम्पूर्ण प्रेस युनियनकर्मीलाई महाधिवेशन सफल बनाउनका लागि आह्वानसमेत गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?