logo
२०८१ बैशाख २४ सोमवार



बारा कांग्रेस सभापतिमा यादव विजयी

राजनीति |
प्रदेश |


बारा कांग्रेस सभापतिमा यादव विजयी


शिवशङ्कर मिश्र

बारा, फागुन ३० गते । नेपाली काँग्रेसको बारा जिल्ला सभापतिमा राजेशराय यादव विजयी हुनु भएकाे छ ।
आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा यादवले १२०६ मत प्राप्त गर्नु भएको छ भने, उहाँका प्रतिद्वन्दी शम्भुबहादुर बुढाथोकीले ११ सय ५४ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली काँग्रेस बाराको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको निर्वाचनको मत परिणाम गएराती सार्वजनिक हुँदा राजेशराय यादव विजयी भएको प्रमुख निर्वाचन अधिकृत गंङ्गेश्वर अधिकारीले बताउनु भयो ।
सभापति पदका उम्मेदवार शम्भुबहादुर बुढाथोकी भन्दा ५२ मतको झिनो अन्तरले बढी मत ल्याएर यादव निर्वाचित हुनु भएको हो । खसेको कुल मत मध्ये २९ मतपत्र बदर भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि २५ गते पहिलो चरणको चुनावमा तीन उम्मेदवार मध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको प्रमुख निर्वाचन अधिकृत अधिकारीले बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?