logo
२०८१ मंसिर ८ शनिवार



राप्रपाद्वारा भूतपूर्व सैनिक परिषद् कार्य समिति घोषणा

राजनीति |


राप्रपाद्वारा भूतपूर्व सैनिक परिषद् कार्य समिति घोषणा


काठमाडौं, चैत १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निकट भूतपूर्व सैनिकहरुको संगठन भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा एक सय एक सदस्यीय कार्य समिति घोषणा गर्नुभएको हो ।

सो परिषद् घोषणा सभामा बोल्नुहुदै अध्यक्ष लिङ्देनले नेपाली सेनामा काम गर्नुभएका राष्ट्र सेवकहरु देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने बताउनुभयो । उहाँले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भइ तागत निर्माण गर्नुपर्ने पनि भन्नुभयो । आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्ने भनाई पनि उहाँको छ ।

परिषदको सह अध्यक्षमा अप्रा प्रसे डिबि थापा, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरि उपाध्यक्ष तथा इन्चार्जहरु, प्रदेश नं १ मा अप्रा प्रसे चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेशमा अप्रा प्रसे रामबहादुर थापा, बागमती प्रदेशमा अप्रा प्रसे लवराज थापा मगर, गण्डकी प्रदेशमा अप्रा प्रसे रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा अप्रा सेनानी इश्वरी प्रसाद पाण्डे, सुदुर पश्चिम प्रदेशमा अप्रा प्रसे इश्वर थापा हुनुहुन्छ ।
यसैगरी, सचिवमा अप्रा क्याप्टेन केवेन्द्र जङ्ग गुरुङ, अप्रा प्रसे सानुराम कटवाल, अप्रा सुक सुवर्ण रोक्का, अप्रा सुक तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा अप्रा सुक विष्णु बहादुर गिरी चयन हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?