logo
२०८१ मंसिर ८ शनिवार



राप्रपा नेपालको पर्सा र बाजुरामा नेतृत्व चयन

राजनीति |


राप्रपा नेपालको पर्सा र बाजुरामा नेतृत्व चयन


काठमाडौं, चैत १ गते । कमल थापा नेतृत्वको राप्रपा नेपालले संगठन विस्तार गर्ने क्रममा पर्सा र बाजुरा जिल्लाको नेतृत्व चयन गरेको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गिय संगठनका साथै जिल्ला समितिहरु गठन गर्ने क्रममा पार्टी निकट कार्यकर्ताको भेलाले पर्सा जिल्लाको अध्यक्षमा जङ्गबहादुर यादवलाई चयन गरेको हो । यादवको नेतृत्वमा २१ सदस्यीय समिति गठन भएको छ ।

बाजुरा जिल्लामा कमल सुनुवार अध्यक्षमा चयन हुनुभयो । सुनुवारको नेतृत्वमा १९ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।

यसैगरी, जनवर्गीय संगठनहरु धार्मिक, मुस्लिम, उत्पीडित र सांस्कृतिक संगठनको घोषणासभाको तयारी पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?