काठमाडौं, चैत ३ गते । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरु बाहेकका अन्य साना ७३ राजनीतिक दललाई आवश्यक विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आग्रह गरेको छ ।
जसअनुरुप, वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि ती दलहरुको जिल्ला स्तरको संगठनात्मक संरचना दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरी आयोगमा पेश गर्नुपर्नेछ ।
आयोगको साना दललाई पनि निर्वाचन चिन्ह उपलब्ध गराउने निर्णयसँगै ती दलहरुलाई आवश्यक आधिकारिक विवरण पेश गर्न बताएको हो ।
आयोगले राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ५७ बमोजिम भएको निर्णय अनुसारको विवरण चैत ६ गतेभित्र आयोगमा उपलब्ध गराउनुपर्ने जनाएको छ ।