logo
२०८१ बैशाख १४ शुक्रवार



अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आयाे : अध्यक्ष दाहाल

राजनीति |
प्रदेश |


अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आयाे :  अध्यक्ष दाहाल


अर्जुन काफ्ले
पोखरा, चैत ६ गते । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ ।
प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको बताउनुभयो ।
०६४ सालको निर्वाचमा पनि माओवादीले दुई चार सिट जित्ने अन्य दलले बताइरहँदा जनताले पहिलो दल बनाएको बताउँदै अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा कसैले रोक्न नसक्ने बताउनुभयो ।
देशव्यापीहरुमा माओवादीप्रति उभार बढ्दै गएको बताउँदै उहाँ केही समयपछि अन्य पार्टी माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आएको बताउनुभयो ।
केही दिनअघि बुटवलमा एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन सक्ने बताए पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको जिकिर गर्नुभयो ।
उहाँले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बताउनुभयो ।
कतिपय वृत्तमा अझै पनि निर्वाचन हुन्छ कि हुन्न भन्ने आशङ्का रहेको बताउँदै अध्यक्ष प्रचण्डले सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न अपिल गर्नुभयो ।
माओवादीको बलिदानी सङ्घर्षबाट बनेको संविधान, सङ्घीयतालगायतका परिवर्तनको रक्षाका लागि गठबन्धनका दलबीच सहमति हुन सक्ने कुरामा गठबन्धन तयार जस्तै रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।
माओवादीको सङ्घर्षले सिंहदरबारको अधिकार गाउँ गाउँसम्म आएको बताउदै अध्यक्ष प्रचण्डले अब जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वय गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको बताउँदै अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको सुझावपछि व्याख्यात्मक घोषणासहित पास गर्ने उपाय निकालेको बताउनुभयो ।
अमेरिकाले पनि व्याख्यात्मक घोषणा स्वीकार गरेको बताउँदै अमेरिकाले अस्वीकार गरेको अवस्थामा हामीले हात उठाउन सक्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?