logo
२०८१ बैशाख २२ शनिवार



जनताको काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

राजनीति |


जनताको काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन
जिल्लाका सरकारी कार्यालयको माग पत्र बुझ्दै मुख्यमन्त्री शाही। तस्बिर : राजन रावत, हुम्ला



हुम्ला चैत ६ गते। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो कर्तव्य सम्झिएर जनताको काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।

विकट क्षेत्रका समस्यालाई बिर्सिएर निष्पक्ष एवम् पारदर्शी ढंगले काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारको समन्वयमा कार्यालय प्रमुखले मुख्यमन्त्रीसँग भेट गर्नुभएको हो। कर्मचारीसँगको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रत्येक कर्मचारीले आफ्नै घरको काम सम्झेर जनताको काम गर्नुपर्नेमा जोड दिनुभएको हो।

दुर्गममा बसेर काम गर्दा अनेक कठिनाई भोग्नुपर्ने बाध्यता कर्मचारीलाई भएको उल्लेख गर्दै उहाँले सुधारका लागि सुझाव प्रस्तुत गर्दै काम गर्न निर्देशन दिनुभएको हो। ‘विकट क्षेत्रमा काम गर्न थुप्रै कठिनाइ छन्। तर, जसरी पनि हामीले काम गर्नुपर्छ’, मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘केही सुधार गर्नुपर्ने भए सिधै मुख्यमन्त्रीसँग सम्पर्क गर्नुहोस्।’

जिल्लाका आवश्यकता र कार्यालयले झेल्नु परेका समस्या समाधानका लागि पहल गर्न मुख्यमन्त्रीसँग कार्यालय प्रमुखले अनुरोध गर्नुभएको छ। कार्यक्रममा जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?