logo
२०८१ मंसिर ८ शनिवार



देश र जनताको हितलाई केन्द्रमा राखेर पार्टी अगाडि बढ्छ – अध्यक्ष नेपाल

राजनीति |


देश र जनताको हितलाई केन्द्रमा राखेर पार्टी अगाडि बढ्छ – अध्यक्ष नेपाल
फाइल तस्बिर


काठमाडौं, चैत ६ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने बताउनुभएको छ।

आइतबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै उहाँले प्रतिगामी कदमका विरुद्ध अहिले वामपन्थी र लोकतान्त्रिक शक्ति एकताबद्ध भएको बताउनुभयो।

‘जिल्लामा पनि उत्साह छ। एमालेमा विगुल फुकेको हिजो मात्रै एक वर्ष पुरा भएको छ। २०७७ पुष ५ गते दक्षिणपन्थी, संविधान र लोकतन्त्र विरोधी चरित्र उजागर भएको दिन’, अध्यक्ष नेपालले भन्नुभयो, ‘क्रान्तीकारी धार जोगाउन चाहन्छौं, जनताको बहुदलीय व्यवस्थालाई आत्मसात् गर्न चाहन्छौं। देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं।’

यसअघि राष्ट्रिय सभाको निर्वाचन जितेको र यसले मोर्चामा आबद्ध भएका सबै सिट जित्न सकिन्छ भन्ने उहाँले भन्नुभयो। तर, यो मोर्चाको एकता टुटाउन अनेक जालझेल भएपनि षड्यन्त्र तोडिएको उहाँको भनाइ छ।

आसन्न स्थानीय तहको चुनावमा नेकपा (एस) को संगठन विस्तार देशव्यापी रुपमा फैलिरहेको पनि उहाँले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?