logo
२०८१ बैशाख १२ बुधवार



चुनावमा माओवादीले राम्रो परिणाम ल्याउने प्रचण्डको विश्वास

राजनीति |


चुनावमा माओवादीले राम्रो परिणाम ल्याउने प्रचण्डको विश्वास
जनकपुरधामस्थित विमास्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः लक्ष्मी चौधरी


लक्ष्मी चौधरी
जनकपुरधाम, चैत ८ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले आफ्नो ताकतको बलमा राम्रो चुनावी परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

मङ्गलबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले माओवादी केन्द्र आफूलाई बलियो बनाउन र जनाधारलाई सुढृत गरेर आफ्नै बलबुतामा निर्वाचनमा राम्रो परिणाम ल्याउने तयारीमा जुटेको बताउनुभयो । माओवादी केन्द्रले आगामी चुनाव लक्षित कार्यक्रम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा हुने स्थानीय तह निर्वाचनको विषयमा केन्द्रित रहेर अहिले तयारी भइरहेका कारण आगामी निर्वाचनमा माओवादीले आशातित परिणाम ल्याउने बताउनुभयो ।

अध्यक्ष दाहालले आउने स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम सातवटै प्रदेश र तीनवटा गैर भूगोल प्रदेश गरेर दश वटा प्रदेशमा गरिएको उल्लेख गर्नुभयो । सबै कार्यक्रमध्ये नौ वटामा समापन भइसकेको जानकारी प्रचण्डले दिनुभएको छ । सोही कार्यक्रमका लागि मङ्गलबार मधेसको राजधानी जनकपुरधाममा हुन गइिरहेको अन्तिम कार्यक्रममा सहभागी हुनुभको हो ।

प्रशिक्षण एवं भेला कार्यक्रम स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गरिएको बताउनुभयो । अहिले सबै मुख्य राजनीतिक दल निर्वाचनको तयारी लागेका छन्, आज हुने कार्यक्रम पनि निर्वाचन केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष दाहालले मन्त्रालय हेरफेर हुने सम्भावना रहेको तर अहिलेसम्म टुङ्गो भने नलागेको उल्लेख गर्नुभयो । हैसियत अनुसारको मन्त्रालयको बाँडफाँडमा हुने बताउनुभयो ।

गठबन्धन बनाउनमा माओवादी केन्द्रले ठूलो त्याग र मेहनत रहेकोले चुनावको लागि गठबन्धन नरहेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले अबको सदनमा नागरिकता विधयेक पास हुने बताउनुभयो ।
प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड मधेसको राजधानी आउनुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?