logo
२०८१ बैशाख ८ शनिवार



मुख्यमन्त्री राउत र बेलायती राजदुत पोलिटबीच भेटघाट

राजनीति |


मुख्यमन्त्री राउत र बेलायती राजदुत पोलिटबीच भेटघाट


धर्बेन्द्र झा
धनुषा, चैत ८ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदुत निकोला पोलिट बीच मङ्गलबार शिष्टाचार भेटघाट भएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको शिष्टाचार भेटघाटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिको बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी दिनुभयो । भेटको क्रममा मधेस प्रदेशका मुख्य न्यायधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो । बेलायती राजदुत पोलिटले यसअघि जनकपुरधाम उपमहानगरको कौवारामपुरमा रहेको मिथिला पेन्टीङ्गको ग्यालरीको समेत निरिक्षण गर्नुभएको थियो ।

उहाँले निरिक्षणको क्रममा मिथिला पेन्टीङ्गको सम्बर्धन र बजारी करणका लागि बेलायतले सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बेलायती राजदुत पोलिटले बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा सञ्चालित योजनाहरुको निरिक्षण समेत गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?