काठमाडौं, चैत १० गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुधबार बिहानदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी छ ।
काठमाडौंको बबरमहलस्थित एक बैंक्वटमा जारी सो बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित हुने केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताउनुभयो । यससँगै स्थानीय तहको निर्वाचनको घोषणापत्र सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
पार्टीको स्थापना दिवस, सात प्रदेशमा शक्ति सन्तुलनको स्थिति, पार्टी प्रवेशलगायतका विषयमा छलफल हुन्छ, अधिकारीले भन्नुभयो ।
एमाले बैठकमा सात प्रदेशका अध्यक्षहरुले पार्टीको रिपोर्टिङ लिखितरुपमा प्रस्तुत गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक आज सम्पन्न हुँदैछ ।