logo
२०८१ मंसिर ७ शुक्रवार



राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति गठन

राजनीति |


राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति गठन


काठमाडौं, चैत १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समिति गठन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम सो समिति गठन गर्नुभएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष लिङ्देनसहित उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्दश्याम गिरी उक्त समितिमा हुनुहुन्छ । यसैगरी, महामन्त्रीहरु डा. धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ, प्रल्हाद साह, केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टङ्क ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबू परियार उक्त समितिमा चयन गरिएको श्रेष्ठले बताउनुभयो ।

राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?