काठमाडाैं, चैत १८ गते । सत्तारुढ दल नेपाली काँग्रेसकाे चैत १५ गते बसेकाे केन्द्रीय कार्य समितिकाे निर्णय अनुसार पार्टी प्रवक्ता डा. प्रकाशशरण महतकाे संयाेजकत्वमा स्थानीय तह केन्द्रीय निर्वाचन प्रचार- प्रसार समिति गठन भएको थियाे ।
साेही अनुरुप साे समितिमा ६७ जना सदस्य मनाेनय गरिएको महतले जानकारी दिनुभयो । ललितपुरकाे सानेेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा शुक्रबार बसेकाे बैठकमा सञ्चार केन्द्र स्थापना गर्ने निर्णय गरिएको पनि काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले बताउनुभएको छ ।
यससँगै प्रचारप्रसारका लागि आवश्यक सामाग्री निर्माण गर्ने र यसका लागि आवश्यक उपसमिति समेत गठन गरिने जनाइएको छ । स्थानीय घाेषणापत्र तयार गर्ने, काँग्रेसकाे मुद्दालाई जनतासमक्ष पुर्याउन निर्वाचनआचारसंहिताकाे व्यवस्था गर्ने लगायतका वपषयमा पनि निर्णय भएको छ ।