logo
२०८१ जेष्ठ ४ शुक्रवार



स्थानीय तहको निर्वाचन धाँधलीरहित र निष्पक्ष गराउन अनेरास्वबीयुकाे माग

राजनीति |


स्थानीय तहको निर्वाचन धाँधलीरहित र निष्पक्ष  गराउन अनेरास्वबीयुकाे माग


काठमाडौँ, चैत २० गते । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रत्येक बुथमा एकसय स्वयम्सेवक खटाउने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको चैत १८ र १९ गते सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियु अध्यक्ष सुनिता बरालले ‘जनमतको सुरक्षा हाम्रो दायित्व, निष्पक्ष निर्वाचनमा हुने षड्यन्त्रविरुद्ध अनेरास्ववियुको नेतृत्व’ भन्ने उद्घोषका साथ स्वयम्सेवक परिचालन गर्ने निर्णय भएको बताउनुभयो ।
साथै अनेरास्ववियुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा गराउन सरकारसँग माग गरेको छ ।
अध्यक्ष बरालले सांगठनिक योजना तथा अभियान सार्वजनिक गर्दै साक्षरता सुधार अभियान, मधेश जागरण र साक्षरता अभियान, सार्वजनिक शिक्षामा गुणस्तर वृद्विका लागि विद्यालयदेखि विश्वविद्यालय सुधार अभियान, प्रशिक्षण सञ्चालन अभियान, संगठन विस्तार तथा सदस्यता वितरण अभियान र प्राविधिक तथा चिकित्सा शिक्षा सुधार अभियान सञ्चालन गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?