logo
२०८१ बैशाख २१ शुक्रवार



निर्वाचन तयारीका लागि तरुण दलको दुई बुँदे परिपत्र

राजनीति |


निर्वाचन तयारीका लागि तरुण दलको दुई बुँदे परिपत्र
फाइल तस्बिर


काठमाडौं, चैत २२ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन नेपाल तरण दलले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले मंगलबार दुई बुँदे परिपत्र जारी गर्नुहुदै सम्बन्धित जिल्ला समिति, जिल्ला मातहतका संघीय निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म निर्वाचन परिचालन एवम् सहयोग समिति बनाइने जानकारी दिनुभएको हो।

समितिमार्फत मतदान केन्द्रमा तरुण स्वयम्सेवकसमेत परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन गरिएको परिपत्रमा उल्लेख गरिएको छ।

परिपत्रका दुई बुँदा जस्ताकाे तस्तै :

-आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन नेपाल तरुण दलले आफ्नो सम्पूर्ण तरुण शक्ति परिचालन गर्ने निर्णय गरेको हुँदा त्यस जिल्ला समितिले जिल्ला समिति, जिल्ला मातहतका संघीय निर्वाचन क्षेत्र, पालिका र वडा तह सम्म निर्वाचन परिचालन एवं सहयोग समिति बनाई प्रत्येक मतदान केन्द्रहरुमा तरुण स्वयमसेवक समेत परिचालन गर्ने व्यवस्था समेत मिलाउन निर्देशन गरिन्छ ।

-नेपाल तरुण दलको चौथो महाधिवेशनको सन्दर्भमा गठित दलको जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरुमा विभिन्न जिम्मेवारीमा रही कार्य गर्दै आएका तरुण साथीहरुलाई नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको सन्दर्भमा त्यस जिल्लाको पार्टीको विभिन्न जिम्मेवारीमा निर्वाचित भएता पनि नेपाल तरुण दल केन्द्रीय समितिको अर्को निर्णय नभए सम्मका लागि दलको जिल्ला अध्यक्ष लगाएत विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण तरुण साथीहरुलाई आ–आफ्नो जिम्मेवारीमा यथावत रही कार्य गर्ने यो परिपत्र मार्फत निर्देशन गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?