logo
२०८१ बैशाख २१ शुक्रवार



राप्रपाद्वारा आमसभाबारे समीक्षात्मक छलफल

राजनीति |


राप्रपाद्वारा आमसभाबारे समीक्षात्मक छलफल


काठमाडौं, चैत २२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसहित बागमती प्रदेश समिति, उपत्यकाका तीन जिल्ला अध्यक्षहरु, तीनै जिल्लाका महानगर, नगर, संघ र प्रदेश क्षेत्रिय समितिबीच मंगलबारको संयुक्त बैठकमा चैत २५ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुने आमसभाको तयारीबारे समिक्षा बैठक सम्पन्न भएको छ ।

राप्रपाको शक्ति प्रदर्शन स्वरुप हुन गइरहेको उक्त आमसभामा हुन गइरहेको र वैशाख ९ गतेसम्मा देशका विभिन्न जिल्लामा गरिने आमसभाको मिति तय भइसकेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाको आजको बैठकमा उपाध्यक्षहरु रोशन कार्की, बुद्धिमान तामाङ, हेमराज गुरुङ, महामन्त्री भुवन पाठक, बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा लगायतका नेताहरुले यी लगायत समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

काठमाडौंमा हुने आमसभालाई पार्टी अध्यक्ष राजेन्द् लिङ्देनसहित संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूद्वारा सम्बोधन हुने श्रेष्ठ बताउनुहुन्छ ।

स्थानीय निर्वाचन केन्द्रीत राप्रपाले झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?