logo
२०८१ बैशाख २१ शुक्रवार



काँग्रेस निर्वाचन प्रचार समितिमा दुई सदस्य थपिए

राजनीति |


काँग्रेस निर्वाचन प्रचार समितिमा दुई सदस्य थपिए


काठमाडौं, चैत २२ गते। नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’मा दुई सदस्य थपिएका छन्।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिमा केन्द्रीय सदस्य सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघको तर्फबाट एक प्रतिनिधि गरेर दुई जना थपिएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाले चैत १५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार डा. महत संयोजकत्वको समिति गठन गर्नुभएको थियो। सोही समितिमा मंगलबार दुई सदस्य थपिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?