logo
२०८१ बैशाख १२ बुधवार



समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

राजनीति |


समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
फाइल तस्बिर


काठमाडौं, चैत २४ गते। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताउनुभएको छ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो।

अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भन्नुभयो। उहाँले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गर्नुभयो।

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक/एक लाख दिने घोषणा पनि गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?