logo
२०८१ बैशाख २४ सोमवार



केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा सबै जिल्लामा लोसपाको विस्तारित बैठक

राजनीति |


केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा सबै जिल्लामा लोसपाको विस्तारित बैठक


काठमाडौं, चैत २४ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सबै जिल्लामा केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा विस्तारित बैठकको आयोजना गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनाका निम्ति सबै जिल्लामा विस्तारित बैठकको गरेको हो।

बैठकले वडा र पालिकाबाट सम्भावित उम्मेदवारको सूची सिफारिस गर्ने मोडालिटीका विषयमा छलफल गरेको लोसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो। चैत २८ गतेसम्म सबै जिल्लाले पालिका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्नुपर्ने छ। नेता झाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले देशभरबाट चुनाव लड्ने दाबी गर्नुभएको छ।

२०७४ सालको निर्वाचनमा लोसपाले मधेस प्रदेशमा मात्रै चुनावमा भाग लिएको थियो। स्थानीय तहमा केन्द्र स्तरबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएको उहाँको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?