logo
२०८१ बैशाख १७ सोमवार



विकास देखेर अतालिए : अध्यक्ष ओली

राजनीति |


विकास देखेर अतालिए : अध्यक्ष ओली
कुश्मामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष ओली । तस्बिर: ठाकुरप्रसाद आचार्य


ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत्र २६ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देखेका सपना पुरा गर्ने बाटोमा लाग्दैगर्दा आफ्नै पार्टीभित्रका विकास विरोधीले सरकार ढालेको आरोप लगाउनुभएको छ।

नेकपा एमाले पर्वतले कुश्मा बजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरु सरकार ढाल्न अदालत गएको आरोप लगाउनुभयो।

आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको आरोप छ। छोटो समयमा भूकम्पले भत्किएका संरचना बनाएको दाबीसमेत ओलीले गर्नुभएको छ।सात लाख घर बनेको र तुइन विस्थापित भएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले परमादेशबाट सरकार ढाल्न कम्युनिस्ट लागेको आरोप लगाउनुभएको हो।

‘कम्युनिस्टको बर्को ओढेकाहरुले कतैबाट नसकेपछि अदालत गएर परमादेशबाट आफ्नै सरकार ढाले,’ उहाँले भन्नुभयो, ‘अहिले सबैतिर आफ्ना मान्छेको भर्तिकेन्द्र बनाएका छन्। यत्ति नै थियो उद्देश्य।’

अबको निर्वाचनमा जनताले फेरि जवाफ दिने उहाँको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?