स्थानीय तहको निर्वाचन धाँधलीरहित र निष्पक्ष गराउन अनेरास्वबीयुकाे माग
गोरखापत्र अनलाइन
चैत्र २०, २०७८ आइतवार
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रत्येक बुथमा एकसय स्वयम्सेवक खटाउने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको चैत १८ र १९ गते सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियु अध्यक्ष सुनिता बरालले ‘जनमतको सुरक्षा हाम्रो दायित्व, निष्पक्ष निर्वाचनमा हुने षड्यन्त्रविरुद्ध अनेरास्ववियुको नेतृत्व’ भन्ने उद्घोषका साथ स्वयम्सेवक परिचालन गर्ने निर्णय भएको बताउनुभयो ।