सरकारका कामले जनतामा आशा र भरोसा बढेको छः प्रधानमन्त्री देउवा
रासस
माघ ७, २०७८ शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको बताउनुभएको छ । उहाँले सरकारले कार्यभार सम्हालेको छ महिनाको अवधिमा भएका कार्य र हासिल भएका उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट भएको र जनतामा आशा र भरोसा बढेको उल्लेख गर्नुभएको छ।