अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका २१ बुँदा (सूचीसहित)
गोरखापत्र अनलाइन
माघ ६, २०७८ बिहीबार
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवकलगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण...