श्रममन्त्री श्रेष्ठले सार्वजनिक गर्नुभयो सय दिने कामको विवरण
गोरखापत्र अनलाइन
माघ ३, २०७८ सोमबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो सय दिने कार्यकालको अवधिमा भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको छ । सोमबार उहाँले ३५ बुँदामा आफू मन्त्री भएपछि भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो ।
‘मैले यस मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको छ, वैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा...