रेशम चौधरीका समर्थक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा
गोरखापत्र अनलाइन
पुष १९, २०७८ सोमबार
डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीका समर्थकहरु नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका निर्वाचन आयोग पुग्नुभएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चौधरीका समर्थहरु दल दर्ताका लागि आयोगमा आइपुग्नुभएको जानकारी दिनुभयो । ‘उहाँका समर्थकहरु आयोगमा आइपुग्नुभएको छ । राजनीतिक शाखाले दल दर्ता गर्ने हो । दल दर्ता भएपछि प्रक्रियामा जान्छ ।’ प्रवक्ता पौडेलले बताउनुभयो...