काँग्रेस केन्द्रीय कार्यालयको अनशन तोड्ने तयारी
गोरखापत्र अनलाइन
मंसिर १४, २०७८ मंगलवार
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनशन तोड्ने तयारी भएको छ । सिन्धुपाल्चोक, रसुवा, डडेलधुरा, सप्तरी र बारालगायत जिल्लामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा विगत चार महिनादेखि अनशन जारी थियो ।