logo
२०८१ मंसिर ७ शुक्रवार



कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

खुला |
राजनीति |


कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित


कास्की, मङ्सिर ४ गते । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित हुनुभयो । यसैगरी १ को (ख) बाट कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको कास्की कांग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी हुनुभयो । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित हुनुभयो । यसैगरी क्षेत्र नं २ को (ख) बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित हुनुभयो । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित हुनुभएएको छ ।

कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित हुनुभयो । क्षेत्र नं ३ को (ख) बाट जीवनाथ पौडेल निर्वाचित हुनुभयो । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई/दुई जना निर्वाचित भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?