एमसीसी व्याख्यात्मक घाेषणासहित अनुमोदन गर्ने माओवादीको निर्णय
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना व्याख्यात्मक घाेषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यहरुको विस्तारित बैठकले यसखाले निर्णय गरेको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।