logo
२०८१ बैशाख ८ शनिवार



पुलबाटै गुड्न थाले गाडी

प्रदेश |


पुलबाटै गुड्न थाले गाडी


कावासोती, भदौ १० गते । ट्रक ठोक्ँिकदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो ।

गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । पुल मर्मतको काम पूर्णरूपमा सम्पन्न भएसँगै गए रातिबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । पुल भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हँुदै आएको थियो । वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहँुदा यात्रुले सास्ती पाएका थिए । पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’ पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो ।

सडक विभागले ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ भएपछि पुललाई छिटोभन्दा छिटो सञ्चालन गर्ने गरी काम गरको थियो । सोहीअनुसार मर्मत सम्पन्न गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताउनुभयो । चाडपर्वको समयसमेत भएकाले तदारुकताका साथ छोटो समयमै पुल मर्मत सम्पन्न गरिएको इञ्जिनीयर सुवेदीले बताउनुभयो । विगतका वर्षमा यहाँका पुल भाँचिदा महीनाँैसम्म बन्न नसक्दा यात्रुले सास्ती झेलेका थिए ।

जिल्लामा रहेका पुलहरु प्राय ‘स्टिल ट्रस’को प्रयोग गरेर निर्माण गरिएका छन् । पुल बनाएको समेत लामो समय भएकाले सामान्यरूपमा सवारीले ठक्कर दिँदासमेत धेरै क्षति हुने गरेको छ । सडक विभागले पुलको सुरक्षाका लागि पुलको आसपासमा स्टिलको ‘डब्लु बिम’ ९पुलको सुरक्षाका लागि निर्माण गरिएको स्टिलको बार० समेत बनाएको छ । तर पनि विभिन्न समयमा यहाँका पुलमा सवारीको ठक्करबाट क्षति हँुदै आएको छ ।

पुलको सुरक्षाका लागि बनाइने स्टिलको बार केही पुलमा नभएका कारण ती पुलमा समेत बार निर्माण गरिने इञ्जिनीयर सुवेदीले बताउनुभयो । पुल निर्माणको समयमा अहिलेको भारलाई मूल्याङ्कन नगरिएको र संरचनासमेत पुरानो हँुदै जाँदा पुलमा क्षति पुग्ने गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?