logo
२०८१ जेष्ठ ४ शुक्रवार



कालोपत्रे सडक भासियो

प्रदेश |




कञ्चनपुर, भदौ १३ गते । ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ । भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो ।

वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताउनुभयो । तीन मिटर चौडा र ३० मिटर लम्बाइको सडक तिलकेनी नजिक कालोपत्रे गरिएको सडक भासिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ठेकेदारलाई पत्राचार गरेर तत्काल पुनःनिर्माण गर्न भनेका छौँ ।” दुई दिनभित्रै भाँसिएको सडक निर्माणको कार्य हुने उहाँले बताउनुभयो । रु २१ करोड चार लाखको लागतमा सडक निर्माणको कार्य एमके निरिज जेभीले गरेको हो । विसं २०७३ फागुनदेखि सडक निर्माणको कार्य शुरु भई २०७६ भदौ २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?