logo
२०८१ बैशाख ६ बिहीवार



स्वरुप फेर्दै तुलसीपुर बजार

प्रदेश |


स्वरुप फेर्दै तुलसीपुर बजार


तुलसीपुर, भदौ १७ गते ।  तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भ¥याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिएका फुटपाथ, ठेला हटाइयो, त्यसपछि भने बजारको मुहार नै परिवर्तन भएको छ ।

बजारमा पहिलेजस्तो जहाँ पायो त्यही होर्डिङ बोर्ड छैनन्, सडक मिचेर बनाइएका पर्खाल, भ¥याङ, बरन्डा छैनन् । जसले गर्दा बजार सुन्दर देखिन्छ । पैदलयात्रीलाई पनि आवतजावतमा सहज भएको छ, भने गाडी आवतजावतमा पनि सहज भएको छ । यही अभियानले गर्दा आम तुलसीपुरवासीले पनि स्मार्टसिटीको आधार तयार भएको भन्दै प्रशांसा गर्ने गरेका छन् । यो कार्यप्रति आम तुलसीपुरवासीले सहयोग गर्ने गरेका छन् । “पहिले बजार कुरुप थियो, अव्यवस्थित थियो”, तुलसीपुर–६ निवासी टोपबहादुर महतारले भन्नुभयो, “तर अहिले बजार सुन्दर भएको छ ।”

तुलसीपुर उपमहानगरपालिकाले सम्बन्धित घरधनी तथा व्यवसायीले अटेर गरेपछि सडक मिचेर बनाइएका भ¥याङ, बरण्डा, होेर्डिङबोर्ड आफैँले डोजर लगाएर हटाउन थालेको हो । सडक मिचिएका संरचना हटाएपछि बजार सुन्दर बन्दै गएको वडा नं ५ निवासी उमा राजभण्डारीले बताउनुभयो । यो अभियानलाई निरन्तरता दिने हो भने यस क्षेत्रका जनप्रतिनिधिले कल्पना गरेअनुसारका स्मार्टसिटी बन्ने तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरु रावतले बताउनुभयो ।

“यो सकारात्मक अभियानलाई निरन्तरता दिन सक्नुपर्छ”, उहाँले भन्नुभयो, “बजारको मुहार बदलिन्छ ।” उहाँले व्यवसायी तथा घरधनीलाई जानकारी गराएर मिचिएका सडकका संरचना हटाएपछि बजारको सुन्दरता नै बढेको बताउनुभयो । यस्तै अभियानले तुलसीपुरलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभयो । सो बजार व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढेको नगर प्रमुख घनश्याम पाण्डेको भनाइ छ । उहाँले बजारलाई व्यवस्थित र स्वच्छ बनाउन यो अभियानले मद्दत पु¥याएको बताउनुभयो । यो अभियानले बजार सुन्दर हुनुका साथै विभिन्न घटना, दुर्घटना पनि न्यूनीकरण हुने उहाँको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?