पोखरा,मंङ्सिर १५ गते ।
कास्कीको पोखरा महानगरपालिकाको–२० स्थित मौंजा विसौंनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर पाँच जना कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको बाघचोर नगरपालिका–४, पेदीखोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली र गणेश ओली रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो । भलाम–मौंजा ग्रामीण सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो ।