logo
२०८१ मंसिर १४ शुक्रवार



भीमदत्तनगरदेखि हरिद्वारसम्म बससेवा

प्रदेश |


भीमदत्तनगरदेखि हरिद्वारसम्म बससेवा


कञ्चनपुर,माघ २३ गते ।  कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार र देहरादुनसम्म बससेवा सञ्चालनमा ल्याइएको छ । पवनदूत बस व्यवसायी कम्पनी प्रालिले सीधा स्थानमा नेपाल भारतमैत्री बससेवा सञ्चालन ल्याएको जनाएको छ । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बुधबार बससेवाको शुभारम्भ गर्नुभयो ।भीमदत्तनगरदेखि हरिद्वार र देहरादुनसम्म करिब ३५० किलोमिटर दूरी रहेको छ । प्रत्येक दिन साँझ ६ बजे वातानुकूलित बस छुट्ने छ ।
कम्पनीका अध्यक्ष धर्मबहादुर महराले बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिनुभयो । बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?