logo
२०८१ मंसिर १४ शुक्रवार



हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने

प्रदेश |


हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने


हेटौँडा, चैत १ गते । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।

रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र बर्दिबास–काठमाडौँ जोड्ने राजमार्गमा यदाकदा बाढीपहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई इन्धन, खाद्यान्न र निर्माण सामग्रीका लागि सहज आपूर्ति तुल्याउन पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवेलाई सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी आव २०७७/७८ मा कार्यान्वयन गर्नेगरी काम अघि बढाउने दृढता व्यक्त गर्नुभयो ।

यही शुक्रबार उहाँकै कार्यकक्षमा मकवानपुरका उद्यमी व्यवसायी, सर्वसाधारण नागरिक र हेटौँडा–काठमाडौँ रोपवेका पूर्वकर्मचारीले भेटघाट गरी उक्त रोपवे लाइनलाई चाडै सञ्चालन गर्न सुझावसहित माग प्रस्तुत गरेका थिए । हेटौँडा उपमहनगरपालिका–१ चौकीटोलमा स्थापित देशकै एकमात्र पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन विगत एक दशकदेखि बन्द रहँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?