logo
२०८१ माघ ९ बुधवार



खाद्यान्न घर-घरमा पु¥याउन प्रशासनको आग्रह

प्रदेश |


खाद्यान्न घर-घरमा पु¥याउन प्रशासनको आग्रह


डोटी, चैत १७ गते ।  लकडाउनपछि खाद्यान्न अभाव हुन थालेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालयले व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न अनुरोध गरेको छ । प्रशासनले एक सार्वजनिक सूचना प्रकाशन गरी दैनिक उपभोग्यका सामग्री समयमै आपूर्ति गर्न र आवश्यकतानुसार पिकअप जीप, भ्यान जस्ता साना सवारी साधनमार्फत होम डेलिभरीको व्यवस्था गर्नसमेत अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सामान खरीदबिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।
पोशाक भत्ता कोषमा
जोरायल गाउँपालिका वडा नं ५ गड्सेरावासी तथा शिक्षक तीर्थराज भण्डारीले आफूले पाउँदै गरेकोको सरकारी शिक्षक पोशाक भत्तावापतको रु दश हजार नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
शिक्षक भण्डारी हाल भक्तपुर जिल्लास्थित गणेश माध्यमिक विद्यालय सूर्यविनायक नगरपालिका सिपाडोलमा अध्यापन गराउँदै आउनुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?