logo
२०८१ फाल्गुन १२ सोमवार



बाँकेमा क्वारेन्टाइन निर्माणमा वृद्धि

प्रदेश |


बाँकेमा क्वारेन्टाइन निर्माणमा वृद्धि


कोहलपुर, जेठ ५ गते ।  नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं.५ को व्यापारिक केन्द्र सीमानाकामा भारतबाट नेपाली फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टाइन निर्माणमा वृद्धि गरेका छन् । बाँके जिल्लामा अहिले ४१ क्वारेन्टिन पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा हाल एक हजार १२६ जना क्वारेन्टाइनमा बसिरहेका छन् तिनमा एक हजार ७३ पुरुष र ५३ महिला छन् । नरैनापुर गाउँपालिकामा ११ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ६६ जना बसिरहेका छन् । यो पालिकामा अहिलेसम्म आठ कोरोना संक्रमित फेला परिसकेका छन् । क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भइसकेको छ ।
डुडुवा गाउँपालिकामा पाँच क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टाइन छन् । खजुरामा २४ र बैजनाथमा ३० जना क्वारेन्टाइनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टाइनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिन २३ र नेपाली सेनाले बनाएको एक क्वारेन्टाइनमा ७४ जना र राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टाइनमा ३९ जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?