logo
२०८१ फाल्गुन १३ मंगलवार



प्रदेश नं ५ काे प्रदेशसभा बैठक स्थगित

प्रदेश |


प्रदेश नं ५ काे प्रदेशसभा बैठक स्थगित


रुपन्देही, जेठ १२ गते ।  प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएकोे बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको जानकारी गराउनुभएको छ । आज इद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले यसअघि आइतबार इद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?