logo
२०८१ फाल्गुन १४ बुधवार



क्वारेन्टाइनमै जन्मियो बच्चा !

प्रदेश |


क्वारेन्टाइनमै जन्मियो बच्चा !


दुल्लु, जेठ १८ गते ।  दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टाइनमै शिशुलाई जन्म दिनुभएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिनुभएको हो ।

क्वारेन्टाइनमा बस्नुभएकी उहाँलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ । मीना र उहाँका श्रीमान् मनबहादुर यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुग्नुभएको हो । नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?