logo
२०८१ फाल्गुन १६ शुक्रवार



पहिरोमा पुरिएर दुईको घटनास्थलमा नै मृत्यु

प्रदेश |


पहिरोमा पुरिएर दुईको घटनास्थलमा नै मृत्यु


अमृतप्रसाद पौडेल
बेनी, जेठ २८ गते । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानी कोटगाउँमा पहिरोले पुरीँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार राती ११ बजे सुतिरहेको अवस्थामा एक्कासि पहिरो आउँदा दलप्रसाद शेपुञ्जाको श्रीमती ५० वर्षिया हमायाँ शेरपुञ्जा र रोशनी शेरपुञ्जाकी ४ वर्षिया छोरी सिम्रन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुब शर्माले बताउनुभयो ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार सडक निर्माण गर्दा फालिएको माटोले नै पहिरोको रुप लिएर घर पुरेको बताउनुभयो । केही समय पहिला त्यस क्षेत्रको बस्तीका मानिसहरुलाई अन्यत्र स्तान्तरण गरीएको भए पनि उनीहरु हिजो बेलुका घर पुगेर सुतेका कारण यस्तो घटना भएछ– अध्यक्ष भण्डारीले भन्नुभयो । मृतकहरु हजुआमा र नातीनी रहेको समेत अध्यक्ष भण्डारीले बताउनुभयो ।
ढुंगा माटोले बनेको कच्ची घरमा सुतिरहेको अवस्थामा रातीको वर्षा सँगै आएको पहिरोमा परि मृत्यु भएको शर्माले बताउनुभयो । पहिरो गएको जानकारी प्राप्त हुनासाथ घटानस्थलमा राती १ बजे नै प्रहरी चौकी पाखापानीका प्रहरी सहायक निरिक्षक ढकबहादुर हमालको टोली उद्धारका लागि खटिएको थियो । घटनास्थल पुग्दा प्रहरीले दुवै जनाको सब फेला पारेको थियो । घटनास्थल सदरमुकाम बेनी बाट २८ किलोमिटरको दुरीमा पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?