logo
२०८१ बैशाख ८ शनिवार



प्रदेश २ मा १८५  सङ्क्रमित थपिए, कुल दुई हजार ३६७   

प्रदेश |


प्रदेश २ मा १८५  सङ्क्रमित थपिए, कुल दुई हजार ३६७   


जनकपुरधाम, असार ३ गते । प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएकाे छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो ।    
    
सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ५०६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा. घिमिरेले बताउनुभयो ।    
    
प्रदेशमा अहिलेसम्म ३४ हजार ४४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७३४ को आरडीटी विधिबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४३९ क्वारेन्टाइनअन्तर्गत १२ हजार ३३१, होम क्वारेन्टाइनमा १४ हजार ५७९ र आइसोलेसनमा ९३९ जना बसेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?