हेटौँडा, असार १२ गते । हेटौँडा कुलेखानी हुँदै काठमाडाैँ जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । बाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्ड बन्द भएको जनाएको छ ।
हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिकाे काम जारी रहेको छ । मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोधसमेत गरेको छ ।