चित्र मिजार
सिन्धुपाल्चोक, भदौ १ गते । कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ ।
सिन्धुपाल्चोकमा कोभिड १९ का बिरामी बढ्न थालेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनु भयो । सिन्धुपाल्चोकमा ७८ जना कोभिड १९ बाट संक्रमण भएका छन् ।
लकडाउन भएपछि बिहान देखि बजार, गाउँटोल सुनसान भएको छ । मान्छेहरु घर बाहिर निस्केका छैनन् । अत्यावश्यक बाहेकका सवारी साधान चलेका छैनन् । खाद्यन्न, तरकारी पसल, मेडिकल, पेट्रोल पम्प, निमार्ण सामाग्री पसल बाहेकका अन्य पसल बन्द भएका छन् । एम्बुलेन्स, मालबाहक गाडी, ढुवानीका साधान, दमकल, पशुपंक्षी तथा दाना बोक्ने गाडी, निमार्ण सामाग्री बोक्ने गाडीलाई संचालनमा रोक नलगाइएको प्रजिअ ढकालले बताउनु भयो ।
होटल, बिद्यालय, शैक्षिक संस्थाहरु, ब्युटिर्पालर, शैलुन, सभा, तालिम, सेमिनर, क्लब, खेलकुदका गतिबिधि, प्रर्दशन बन्द भएका छन् । सरकारी, गैरसरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु, सहकारीहरुलाई दिनको ११ बजेदखि २ बजेसम्म संचालन गर्न दिइएको छ । अत्याश्वयक अबस्थामा मात्रै सवारी पास उपलब्ध गराउने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । डिसिसिएमसिको साउन ३१ गतेको बैठकले लकडाउन गर्ने निणर्य गरेको हो ।