logo
२०८१ चैत्र ५ बुधवार



सिरहामा ‘फुड बैङ्क’ स्थापना

प्रदेश |


सिरहामा ‘फुड बैङ्क’ स्थापना
सांकेतिक तस्बिर


लहान, भदौ ११ गते । सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैङ्क’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आबद्ध युवाले ‘फुड बैङ्क’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यान्न सङ्कलन गरिरहेका छन् ।

‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैङ्क’ बाट दैनिक १०/१२ सम्मले खाद्यान्नलगायत सामानले लिएर जाने गरेको सिरहा युनाइटेडका रोशन गुप्ताले जानकारी दिनुभयो । लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पुर्याउन ‘फुड बैङ्क’ स्थापना गरिएको गुप्ताले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?