logo
२०८१ चैत्र ६ बिहीवार



दोलई खोलामा कछुवा फेला

प्रदेश |


दोलई खोलामा कछुवा फेला
सांकेतिक तस्बिर


घोराही, भदौ १९ गते ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाउनुभएको हो ।
राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो ।
संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिनुभयो । सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो । यसको तौल ३० केजीसम्म हुने उहाँको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?